फिल्मी फण्डा । 'कान्तारा' काे दोस्रो भाग 'कान्तारा ए लेजेन्ड च्याप्टर १' फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ। होम्बल फिल्म्स युट्युब च्यानलमार्फत फिल्मको फर्स्ट लुक सार्वजनिक गरिएको हो। सार्वजनिक भिडिओमा ऋषभ मात्र देखिएका छन्।
'कान्तारा' ले बक्स अफिसमा सफलता हासिल गरेको थियो। यो फिल्मले सफलता हासिल गरेसँगै दोस्रो भाग बनाउने घोषणा गरिएको थियो। यस फिल्मलाई पनि ऋषभ शेट्टीले निर्देशन गर्नेछन्।