फिल्मी फण्डा । भोजपुरी सुपरस्टार खेसारीलाल यादवको फिल्म ‘निरहुवा हाजिर हो’ नेपालमा छायांकन गरिएको छ । फिल्मको ४ गीतसहित केही दृश्य समेत नेपालमा छायांकन सकाएर उनी आइतबार पटना फर्किएका छन
स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायांकन भएको हो । नेपालमा उनको फ्यान पनि राम्रो भएकोले फिल्म छायांकनमा अवरोध पुग्ने हिसाबले फिल्मको छायांकन गोप्य राखिएको हो ।
फिल्मको एक गीतमा खेसारीलालसँग नेपाली मोडल उषा उप्रेतीले पनि अभिनय गरेकी छन् ।