फिल्मी फण्डा– निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले २ सातामा ७ करोड कमाएको छ । यो फिल्म कार्तिकको २४ गतेबाट रिलिजमा आएको थियो ।
फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । यो फिल्मले एउटा आम मानिसले थुप्रै हन्डर खाएपछि कसरी सरकारका लागि टाउको दुखाइको विषय बन्छ भन्ने कथालाई प्रस्तुत गरेको छ ।
फिल्मको टिमले उठाएको ५० प्रतिशत शेयर बाँडफाँडको माग समेत सुनुवाइ भएकाले निर्माताले पाउने शेयर अब केही बढ्नेछ । फिल्मलाई ४ करोड बजेटमा निर्माण गरिएको निर्माणपक्षले बताउँदै आएको छ ।