कार्तिक आर्यन करण जोहरको फिल्ममा

फिल्मी फण्डा ।बलिउडका निर्देशक करण जोहरले एकता कपुरसँग मिलेर एउटा फिल्म बनाउँदैछन् । यसमा अभिनेता कार्तिक आर्यन शीर्ष भूमिकामा रहनेछन् । 
करणले कार्तिक आर्यनलाई जन्मदिन बधाई दिँदै बुधबार एउटा पोष्टमा लेखेका थिए, ‘म चाहन्छु कि हाम्रो सहकार्य मजबूत हुँदै जाओस्, अनि हामीहरु ठूलो पर्दामा जादु छरिरहौँ ।’ यो फिल्मको निर्देशन संदीप मोदीले गर्नेछन् । फिल्म अगष्ट १५ मा सिनेमाहलमा रिलिज हुनेछ ।
करण जोहरको प्रडक्शन हाउस धर्मा प्रडक्शनले कार्तिक आर्यनलाई दोस्ताना २ फिल्मबाट निकालेको थियो । यसपछि दुबैबिच कयौं वर्षसम्म कुराकानी ठप्प रह्यो । दोस्ताना २ को सुटिङ पनि सुरु भइसकेको थियो । कार्तिकले फिल्मको पहिलो शेड्युल पनि पूरा गरिसकेका थिए । यो शेड्युल करीब २० दिनको थियो ।

तर अचानक कार्तिकलाई फिल्मबाट निकालियो । उनीमाथि अनप्रोशनल व्यवहार देखाएको अनि गलत तरिकाले पारिश्रमीक बनाएको आरोप लगाइएको थियो ।धर्मा प्रडक्शनसम्बद्ध सुत्रका अनुसार कार्तिकले समय पनि दिइरहेका थिएनन् र फिल्मको स्क्रिप्टमा पनि त्रुटि देखाइरहेका थिए । फिल्मको शुटिङ फेरि सुरु गर्ने कुरा गरिएको थियो । सो मामिलामा धर्मा प्रडक्शनलाई करीब २० करोड घाटा भएको बताइएको छ । प्रोफेशनल सर्कमस्टेन्सका कारण दोस्ताना २ को कास्टिङ फेरि गर्ने भन्दै धर्मा प्रडक्शनले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा पोष्ट शेयर गरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech