“यो मन त मेरो नेपाली हो” को छायाङ्कन मङ्सिर ६ बाट सुरु

फिल्मी फण्डा । चलचित्र “यो मन त मेरो नेपाली हो” को छायाङ्कन मङ्सिर ६ गतेबाट सुरु हुने भएको छ । चलचित्र मित्र प्रधान (नर) ले निर्देशन गरेका हुन् । फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ । 

  चलचित्र नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषय बस्तुमा निर्माण  हुनु लागेको  हो ।  फिल्मको पहिलो छायाङ्कन पाचथरबाट सुरु गरि झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरूमा हुनेछ  । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech