निर्देशक तथा कलाकार सरोज दाहालको नयाँ टेलिसिरियल आउँदै

फिल्मी फण्डा ।  निर्देशक तथा कलाकार सरोज दाहालले नयाँ टेलिसिरियल ल्याउने भएका छन्। उनको निर्देशनमा आगामी मङ्सिर १५ गतेबाट प्रसारणमा आउने ‘टुल्के दाइ’ नामक टेलिसिरियलको शुक्रबार प्रोमो रिलिज गरिएको छ। सिरियलमा ‘टुल्के दाइ’को भूमिकामा बाबुराम शाक्य रहेका छन्।

मायादेवी श्रेष्ठ, सरोज दाहाल, रश्मि भट्ट, कृष्ण भक्त महर्जन, बद्री पुडासैनी, मलाईका बस्नेत लगायतका कलाकारहरूको अभिनय सिरियलमा रहनेछ।सिरियलमा बाबुराम शाक्यको कथा र सौरभ दवाडीको पटकथा रहेको छ। अनिल जिसीले सिरियल खिचेका हुन् भने, मुकेश हमालले सम्पादन गरेका छन्। सिरियल ‘टुल्के दाइ अफिसियल’ नामक युट्युब च्यानलबाट रिलिज हुनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech