‘डिग्री माइला’को छायांकन मंसिर अन्तिमबाट सुरु हुने 

फिल्मी फण्डा । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘डिग्री माइला  एमए थर्ड क्लास’को छायांकनको दोस्रो सेडुल मंसिर अन्तिमबाट सुरु हुने भएको छ । फिल्मका मुख्य कलाकार अभिनेता प्रकाश घिमिरे अहिले स्वास्थलाभ गरिरहेका कारण फिल्मको सेडुल केही पछि सरेको हो ।

फिल्मको पहिलो सेडुलको छायांकन दसैँ अगाडि ओखलढुङ्गाको विभिन्न स्थानमा गरिएको थियो । कलाकार, प्राविधिक लगायत सबै पक्षलाई दसैँ तिहारमा फुर्सद दिन फिल्मको छायांकन दुई सेडुलमा गरिएको हो ।

फिल्ममा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङको अलवा प्रकाशको पनि मुख्य भूमिका रहेको छ ।

२०७१ सालमा मण्डला थिएटरमा तीनपटकसम्म मञ्चन भएको ‘डिग्री माइला’ नाटकको आइडियामा रहेर यो फिल्म बन्न लागेको हो । त्यस नाटकलाई दयाहाङ राईले निर्देशन गरेका थिए ।

बासुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ । आगामी नयाँ वर्ष (२०८१)मा फिल्म प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech