फिल्मी फण्डा । विश्वकै प्रतिष्ठितमध्येको सौन्दर्य प्रतियोगिता मिस युनिभर्सको प्रारम्भिक चरणको प्रतिस्पर्धा नेपाली समयानुसार बिहीवार बिहानदेखि एल साल्भाडोरमा सुरु भएको छ ।
प्रारम्भिक चरणको प्रतिस्पर्धामा परिचय राउण्ड, पहिरन र स्वीम सुट लगायतका विधा पर्छन् । यो राउण्डमा जित निकाल्न सके अन्तिम १५ मा सीधै छनोट हुनसक्ने सुविधा छ । जसले गर्दा यो चरणमा जित निकाल्न सुन्दरीबीच प्रतिस्पर्धा हुने गर्छ ।