शाहरुख खानले गरे ‘डिंकी’ को पोस्टर सार्वजनिक

फिल्मी फण्डा।  शाहरुख खानले आफ्नो नयाँ फिल्म ‘डिंकी’का दुई नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै  सार्वजनिक गरेका छन् ।पोस्टरमा शाहरुख खान, तापसी पन्नु, विक्रम कोचर र अनिल ग्रोवर देखिएका छन् ।  कमेडी ड्रामा भएको ‘डिंकीलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् ।

पोष्ट सेयर गर्दै शाहरुख खानले– यस्तो परिवार बिना कस्तो हुनेछ दीपावली र कस्तो हुनेछ नयाँ वर्ष । सँगै हिड्नु, सँगै बस्नु र सँगै मनाउनुमा वास्तविक आनन्द छ। 'डिंकी' को सारा संसार यी मुर्ख हुन्।’ लेखेका छन् ।

‘डिंकी’ यो क्रिसमसमा विश्वभरका थिएटरमा रिलिज हुँदैछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech