चलचित्र पत्रकार सङ्घले गर्यो झापा र इलाममा शाखा गठन

फिल्मी फण्डा– चलचित्र पत्रकार सङ्घ नेपालले शाखा विस्तार गरेको छ ।  झापा र इलाम जिल्लालाई सङ्घको १० र ११ औँ शाखाको रूपमा विस्तार गरेको हो । 

केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा सङ्घका सदस्य कुमार आचार्य लगाएको उपस्थितमा शाखा गठन गरिएको हो ।


इलामा शाखामा अतीत योङहाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन भएको हो । समितिको उपाध्यक्ष दुर्गेश भट्टराई, सचिव सुनिता मगर, सहसचिव तारा खाती र कोषाध्यक्षमा सरिता राई छनौट भएका छन् ।

सदस्यहरूमा एलिना गुरूङ, त्रिलोचन अधिकारी, शुसिल मोरोहाङ, सुनिल शङ्कर, केशव भट्टराई, मिलन मुखिया, उमेश लिम्बू, रोशन काफ्ले, सृष्टि कुरूम्बाङ रहेका छन् ।

भेलाले तीन सदस्यीय प्रदेश प्रतिनिधिसमेत छनौट गरेको छ । सोम सुनुवार, सृजना श्रेष्ठ र काकीराम लावती ९आन्छुमे नसान० छनौट भएका छन् ।

पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । सल्लाहकार समितिमा सटेन्द्र जबेगु, विप्लव भट्टराई, बुद्धमाया सोङ्मी, केवल तामाङ र सुरेश पोर्तेल रहेका छन् ।

प्रदेश अध्यक्ष नरेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य सुगम सङ्कल्प, नेपाल पत्रकार महासङ्घ इलामका सचिव भीम चापागाई, प्रेस युनियनकी उपाध्यक्ष सुनिता मगर, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, प्रेस चौतारीका योगेन्द्र शङ्कर, समाजवादी प्रेस सङ्गठन नेपालका सचिव तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ इलामका उपाध्यक्ष याम माबोहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै झापा शाखाको अध्यक्षमा रमेश तिवारी चयन भएका छन् । १५ सदस्यीय छानिएको कार्यसमितीम समीर सुवेदी उपाध्यक्ष, सचिव एकराज प्रधान, सहसचिव सुरज प्रधान कोषाध्यक्ष शुभला तामाङ र सदस्यहरूमा सन्तोष न्यौपाने, उद्धव पुरी , निराजन निरौला, सुनिता तामांग, अस्मिता सांखी, दिपेन भेटवाल, सन्तोष शर्मा , अभिषेक धमला , नगेन्द्र नेपाल र रवि किरण वान्तवा रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech