निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक

फिल्मी फण्डा । फिल्म निर्माता तथा अभिनेता विनोद मानन्धरलाई मातृशोक परेको छ। विनोदको माता तथा अभिनेत्री एवं निर्मात्री करिश्मा मानन्धरकी सासू जानकीदेवी मानन्धरको ९० वर्षको उमेरमा बेलायतमा निधन भएको हो। जानकीदेवी छोरी र नातिनीका साथ लन्डनमै बस्दै आएकी थिइन्।

विनोदका अनुसार जानकी देवीको पार्थिव शरीर आज शुक्रबार काठमाडौं आइपुग्ने छ।   एक्लो छोरा रहेका विनोदको तीन बहिनी छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech