यो यो हनी सिंहको विवाहको १२ वर्षपछि एक करोड भारू दिने सम्झौतामा  सम्बन्धविच्छेद

फिल्मी फण्डा– बलिउडका चर्चित र्‍यापर तथा गायक यो यो हनी सिंहले अन्ततः पत्नी शालिनी तलवारसँग सम्बन्ध विच्छेदको स्वीकृत पाएका छन् । यो मुद्दा विगत साढे दुई वर्षदेखि दिल्लीको पारिवारिक अदालतमा चलिरहेको थियो । नोभेम्बर ७ मा अदालतले गायक हनी र उनकी श्रीमतीको सम्बन्ध विच्छेदलाई स्वीकृत गरेको थियो । यससँगै हनी र उनकी श्रीमती १२ वर्षपछि एक अर्काबाट अलग भएका छन् ।

हनी सिंह र शालिनी तलवारको विवाह २३ जनवरी २०११ मा भएको थियो । यो जोडी १२ वर्षपछि अलग भएको हो ।

शालिनीले केही वर्षअघि हनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् । यति मात्र होइन, उनकी श्रीमतीले हनी सिंहले आफूलाई धोका दिएको समेत बताएकी थिइन् । उनले आफू हनीसँग डरले बाँचिरहेको बताइन् । हनीसँग सम्बन्ध विच्छेद गर्दा उनले एक करोड भारू मागेकी थिइन् । 

केही मिडिया रिपोर्टका अनुसार सुरुमा शालिनीले हनी सिंहसँग १० करोड रुपैयाँ मागेकी थिइन्, जुन अहिले घटेर १ करोड रूपैयाँमा झरेको छ । उक्त रकमका लागि दुवैबीच सम्झौता भएको छ । यस्तो अवस्थामा गायकले अब यो रकम आफ्नी पूर्व पत्नीलाई दिनेछन् ।

अदालतले डिभोर्सको लागि स्वीकृत दिनु अघि हनीलाई अन्तिम पटक सोध्यो कि उनी शालिनीसँग बस्न चाहन्छन् कि चाहँदैनन्। जसको जवाफमा हनी सिंहले भने, ‘अहिले कुनै अर्थ छैन किनकि हामी सँगै बस्न सक्दैनौँ । त्यतिकैमा शालिनीले पनि हो भनिन् । त्यसपछि दुवैको सहमतिपछि अदालतले फैसला सुनाएको हो ।

डिसेम्बर २०२२ मा आयोजित एक कार्यक्रममा हनीले आफ्नी प्रेमीका टीना थडानीको बारेमा आधिकारिक जानकारी दिएका थिए । एक अन्तर्वार्तामा हनीले टिनालाई पहिलो पटक दुबईमा साथीमार्फत भेटेको बताएका थिए । टिना मुम्बईमा बस्ने क्यानेडियन मोडल र अभिनेत्री हुन्। उनी हनी सिंहको गीत ‘पेरिस का ट्रिप’ मा पनि देखिएकी थिइन् ।

हनी गम्भीर मानसिक रोगबाट पीडित छिन्। उनले एक अन्तर्वार्तामा भनेका थिए– ‘सत्य यो हो कि म बाइपोलर डिसअर्डरसँग संघर्ष गरिरहेको छु । यो सबै १८ महिनासम्म चल्यो, जसमा मैले चार डाक्टर परिवर्तन गरेँ। औषधिले मलाई काम गर्दैन। मलाई अनौठो कुराहरू भइरहेका थिए।

हनी बाइपोलर डिसअर्डरसँगै ​​​​​​​रक्सीको लतको सिकार पनि भएका थिए । यसका लागि उनले उपचार पनि गराउनुपरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech