शाहरुखको जवान र गदार २ लाई उछिन्दै बलिउडको सार्वधिक मुनाफा कमाउने फिल्म बन्यो द केरल स्टोरी

फिल्मी फण्डा ।  शाहरुख खानको  जवान र शनी देओलको गदार २ लाई उछिन्दै बलिउडको सार्वधिक मुनाफा कमाउने फिल्म  द केरल स्टोरी बनेको छ ।  

शाहरुखको पठानको वल्र्डवाइड कमाई कूल १० अर्ब ५० करोड ४० लाख रुपैयाँ थियो । फिल्म बनाउन मेकरहरुले करिब २ अर्ब २५ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात् यो फिल्मको मुनाफा ४ गुणा भयो । जवानको वल्र्डवाइड कमाई ११ अर्ब ४३ करोड ५९ लाख रुपैयाँ थियो । फिल्मको कुल बजेट ३ अर्ब थियो । अर्थात् यो फिल्मको मुनाफा पनि करिब ४ गुणा नै रह्यो । 

 शनी देओलको गदर २ ले बक्स अफिसमा कूल ५ अर्ब २४ करोड ७५ लाख रुपैयाँ कमायो । फिल्मको बजेट जम्मा ६० करोड रुपैयाँ थियो । अर्थात् फिल्मको मुनाफा करिब ८ देखि ९ गुणा रह्यो ।

 दक्षिण भारतीय अभिनेत्री अदा शर्माको द केरल स्टोरीको कुल बक्स अफिस कलेक्शन ३ अर्ब ३ करोड ९७ लाख रुपैयाँ थियो । यो फिल्म बनाउन निर्माताहरुले जम्मा १५ देखि २० करोड रुपैयाँ खर्च गरेका थिए । यो हिसाबले हेर्दा केरल स्टोरीका मेकरहरुले १५ देखि २० गुणा मुनाफा कमाएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech