फिल्मी फण्डा– अभिनेत्री रेखा थापाले पछिल्लो समय फिल्म क्षेत्रमा हिरोभन्दा बढि कलाकार हाबी भएको बताएकी छन् । फिल्म क्षेत्रमा कलाकारको छाल आउँदा हिरोहरू मिस भइरहेको उनको तर्क छ ।
शुक्रबार फिल्म ‘उपहार’ गीत रिलिज कार्यक्रममा रेखाले हिरोहरूको परिभाषा बदलिएको समेत धारणा राखेकी छन् । ‘हामीले हिरो भन्ने बित्तिकै राजेश हमाल, भुवन केसीहरूलाई हेर्दै आएका थियौँ । तर, मेरो जेनेरेसनमा हिरोको परिभाषा केही बदलियो । अहिले हिरो भन्दा कलाकारहरू स्थापित भइरहेका छन् ।’ हिरोहरू झगडा लगायत विभिन्न कारणले मिस भएको उनको भनाई थियो ।