वितरक करण श्रेष्ठलाई राष्ट्रिय विलक्षण प्रतिभा सम्मान

फिल्मी फण्डा  ।  अभिनेता तथा वितरक करण श्रेष्ठ विलक्षण प्रतिभा सम्मानबाट सम्मानित भएका छन् । निर्माता समेत रहेका श्रेष्ठलाई फिल्म क्षेत्र र समाजमा पुर्याएको योगदानका  लाागि सम्मान गरिएको हो ।

०५९ सालमा चलचित्र जवाफ बाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रेष्ठले दुई दर्जन बढी फिल्म र म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

पछिल्लो समय जिजिए ग्रुप र  रिच इन्टरनेटमेन्ट कम्पनीमार्फत चलचित्र वितरणमा सक्रिय श्रेष्ठ सामाजिक र राजनीतिक क्षेत्रमा पनि क्रियाशिल छन् ।

`सम्मानले मलाई आफ्नो क्षेत्रमा क्रियाशिल हुन थप प्रेरणा मिलेको छ । आगनमी दिनमा अझ बढी सक्रिय भएर लाग्नेछु,´ सम्मानित भएपछि श्रेष्ठले भने ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech