‘नक्कली मोरी’ मा दिल र उषाको रोमान्स

फिल्मी फण्डा। युवा पुस्ताप्रति लक्षित रोमान्टिक गीतको भिडियो ‘नक्कली मोरी’ सार्वजनिक भएको छ । गायक, कलाकार दिल ब्लोनको शब्द, संगीत र स्वर गीतमा छ ।

ओएसआर डिजिटल च्यानल मार्फत सार्वजनिक गीतको भिडियोमा दिल ब्लोन र उषा उप्रेतीको अभिनय छ । भिडियोमा एक युवकले युवती फकाउन गरेको सङ्घर्ष देखाएको छ ।

याकुव तामाङको एरेन्ज रहेको गीतको भिडियोमा छायाङ्कन उत्सव दाहाल, सम्पादन तथा निर्देशन क्रान्ति केसीको रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech