'ह्रश्व दीर्घ'मा नरेन देखि आदर्श सम्म

 

फिल्मी फण्डा  ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले बनाउने भनेको फिल्म 'ह्रश्व दिर्घ'को यतिबेला मुम्बईमा वर्कसप भैरहेको छ । केहि दिन अघि नेपालको कलाकार टिम मुम्बई पुगेर वर्कसप सुरु गरेको छ । 

65124C0B-13B6-4D9C-97BA-F5C5E9CAD9E1.jpeg

चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको धेरै समय देखि छायांकन सरिरहेको थियो । अब भने फिल्मको छायांकन मुम्बईको 'रामुजी फिल्म सिटिबाट' सुरु हुने भएको छ ।

0B900208-1B58-42DD-ACCE-5F443F44874B.jpeg

‘ह्रस्व दिर्घ’मा साउथ इन्डियन फिल्म उद्धोगका ब्रम्हानान्दम, सुनिल वर्मा, अलि बर्षा,  वलिउडका प्रदीप राज रावत, नेपालका सरोज खनाल, सलोन बस्नेत, रविन्द्र झा, बिपना थापा, गरिमा शर्मा संगै हरिहर र नीता आफै पनि मुख्य भूमिकामा रहने कुरा हरिहरले अगाडि नै सार्वजनिक गरेका थिए । 

5878A037-78EE-4DC3-A97B-2C6A039BFCE7.jpeg

हालै मात्र पनि हरिहरले नयाँ कलाकार अनुबन्धित भएको पोस्ट आफ्नो फेसबूकमा सेयर गरेका छन् । अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्र, 'नेपाल आइडल सिजन ४' कि टप फाइभ कन्टेस्टेन्ट लक्ष्मी पौडेल र अभिनेता एमडी वजिम राजा अनुबन्धित भएका छन् । 

9FE21CFB-F043-4675-989E-3F0E96520C19.jpeg

लगभग ८ करोड बजेटमा बन्ने भनिएको फिल्ममा कलाकारको जम्बो टोलि देखिने भएको छ । भने यो फिल्म हिन्दि भाषा र नेपाली भाषामा प्रदर्शन हुने हरिहरले बताएका छन् साथै यो फिल्म नेटफ्लिक्समा पनि आउने बताइएको छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech