क्रिस्मा र सोलिनालाई मिस र मिसेस विधाको उपाधि

फिल्मी फण्डा। सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’ को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जितेकी छन्।

करुणाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र सोलिनाले  शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ प्रिना राई गुरुङ फस्ट रनरअप र ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ झरना काफ्ले सेकेन्ड रनरअप भइन् । 

प्रतियोगिता अन्तर्गत ब्रान्ड एम्बेसडरतर्फ ‘मिस’ तर्फ कृतिका गिरी र ‘मिसेस’ तर्फ श्रीमती सङ्गम शर्मा विजयी हुँदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बन्नुभयो भने सरिता पत्र वंशले ‘ब्युटी विथ ब्रेन’ को उपाधि जितिन् ।

प्रतियोगिताका शीर्ष टाइटल विजेताले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेस्ट फिल्म एकेडेमीमा एक लाख रुपियाँ  बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech