बक्स अफिसमा असफल बन्यो टाइगरको गणपत

फिल्मी फण्डा– टाइगर श्रौफको गणपत भर्खरै रिलिज भएको छ । तर यो फिल्मले बक्स अफिसमा खासै धमाका मच्चाउन सकेन । यो फिल्ममा उनी फेरि एक्शन अवतारमा देखिएका छन् । यो फिल्ममा कृति सेनन र अमिताभ बच्चन पनि छन् । तर फिल्मको कहानी र अभिनयले दर्शकलाई हलसम्म डोर्‍याउन सकेको छैन । 

गणपतले पहिलो दिनमा २ करोड ५० लाख भारुको मात्रै कारोबार गरेको छ । शुक्रबार फिल्मको हिन्दी भर्जनको कुल अकुपेन्सी ९ दशमलव ७२ प्रतिशत मात्रै थियो । यो टाइगरको अहिलेसम्मकै कम ओपनिङ भएको फिल्म हो । 

यस अघि रिलिज भएको हिरोपन्थी–२ को पहिलो दिनको कमाई ६ अर्ब ५० करोड भारु थियो । बागी ३ को कमाई भने १७ करोड भारु थियो । टाइगरको अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनर वार हो । ऋतिक रोशनको समेत भूमिका रहेको यो फिल्मले बक्स अफिसमा ५३ करोड ३५ लाख भारु कलेक्सन गरेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech