नेपाली कला र गीतसंगीतका चार स्रष्टा सम्मानित

फिल्मी फण्डा। साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ।


सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनिषा कोइरालाले ‘इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वतीसम्मान’ साहित्यकारहरू डा. विष्णुविभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायणगोपाल संगीतसम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्।


उक्त अवसरमा मनिषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत् प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्।


कला मन्दिरका संरक्षक बसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा गरे। 


कार्यक्रममा प्रा.डा. उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविताकृति ‘व्यङ्ग्यधाम’को विमोचन गरियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech