‘परदेशी २’ फिल्म हेरेपछि  हरिवंश आचार्यले  भने– फिल्मले भावुक बनायो

फिल्मी फण्डा– वरिष्ठ अभिनेता हरिवंश आचार्यले फिल्म ‘परदेशी २’ हेर्दा आफू भावुक भएको बताए । ‘फिल्मले मन, मुटु, दिमाग सबै छोयो, आँखा रसायो’, उनले भने ‘लोक संस्कृतिले लिपिएको फिल्मको सबै पक्ष राम्रै पाए ।’ आचार्यले अभिनेता प्रकाश सपुतको समेत प्रशंसा गरे । ‘प्रकाश सपूतले एकदमै राम्रो अभिनय गर्नुभएको रहेछ । केकी अधिकारी र वर्षा शिवाकोटीले पनि राम्रो काम राम्रो लाग्यो’ आचार्यले थपे ।

निर्माण युनिटले सेलिब्रेटी र पत्रकारका लागि भन्दै शुक्रवार बिहान फिल्मको एक विशेष शो आयोजना गरेको थियो । शो मा आचार्यसहित दीपकराज गिरी, मनोज गजुरेल, प्रेमराजा महतलगायतका सेलिब्रेटी र रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech