फिल्मी फण्डा । नारायण रायमाझीद्वारा निर्देशित ‘परदेशी’ को सिक्वेल ‘परदेशी-२’ आजबाट देशभर रिलिज हुँदैछ। गायक सपूतले यही सिनेमाबाट अभिनेताको रूपमा डेब्यू गरेका हुन्।
चलचित्रमा प्रकाश सपूत, केकी अधिकारी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायतको अभिनय छ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभरका स्टेशनमा सिनेमालाई आज पहिलो दिन ३७ शो उपलब्ध गराएको छ।