‘रामायण’ फिल्मकाे छायांकन अवधिभर रणवीर कपुरले मदिरा र मांसाहारी खाना नखाने

फिल्मी फण्डा । अभिनेता रणवीर कपुर ‘रामायण’ फिल्मकाे छायांकन अवधिभर मदिरा र मांसाहारी नखाने घोषणा गरेका छन् ।नितेश तिवारीले निर्देशन गर्ने फिल्म ‘रामायण’मा रामको भूमिका निर्वाह गर्न लागेका रणवीरले छायांकन अवधिभर मदिरा र मांसाहारी नखाने घोषणा  घोषणा गरेका हुन् ।

भगवान रामको सम्मानमा यस्तो निर्णय गरेपछि उनलाई सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ ।  तिवारीको निर्देशन रहने यो फिल्ममा रामको भूमिकामा रणवीर देखिंदा सीताको भूमिकामा साई पल्लवी र रावणको भूमिकामा यश प्रस्तुत हुँदैछन् । नितेशले फिल्म ‘रामायण’ निर्माणको घोषणा गरेदेखि नै फ्यान उत्साहित देखिएका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech