रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक (भिडियो)

फिल्मी फण्डा। गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी“ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ । 

 

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।

 

यस गीतको निर्माता कुशल गुरुङ हुन् । कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् । 

 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech