फिल्मी फण्डा । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म 'छड्के २.0' को टिजर सार्वजनिक भएको छ । टिजरमा अनमोललाई क्रोधित मुद्रामा देख्न सकिन्छ । उनि ग्याङ्गस्टरको क्यारेक्टरमा फिट भएका छन् ।
अनमोलको शरिरभरीको ट्याटुले गर्दा उनको लुक्स निरन्तरको भन्दा फरक देखिएको छ । मेकिङमा कम्प्रमाइज गरेको देखिदैन । ब्यागराउण्ड म्युजिक सुन्दा आकर्षक लाग्छन् । समग्रमा टिजर आकर्षक बनेको छ ।
निगम श्रेष्ठले निर्देशन गरेको फिल्ममा अनमोलसँगै रोबिन तामाङ, कमल मणि नेपाल, देव कुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
फाल्गुन १९ बाट प्रदर्शनमा आउने फिल्मलाई प्रशान्त गिरि र देव कुमार श्रेष्ठले लगानी गरेका हुन् । मस्को सिंह र राजेन्द्र सापकोटाले खिचेको फिल्मलाई रवि चौधरी र लोकेश बज्राचार्यले सम्पादन गरिरहेका छन् । फाल्गुन १९ लाई भ्यागुता कराउने दिन भनिएको छ ।
लभर ब्वाईको क्यारेक्टरमा हेरिरहेका दर्शकले अनमोललाई छड्के लूक्समा हेर्नुपर्नेछ । टिजरमा आएको कमेन्ट हेर्दा, अनमोलको फ्यानहरु फिल्मलाई लिएर निकै उत्साहित भएको देखिन्छ ।
टिजर :