डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने

फिल्मी फण्डा । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण आज (शनिबार)देखि सुरु हुने भएको छ । साँझ ९ बजे कास्ठमण्डब गोल्ड एचडी टेलिभिजनबाट शो प्रसारण हुने शोलाई हाइलाइट नेपालको युट्युबमा पनि हेर्न पाइनेछ ।

नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचा भन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल प्रतिभाको व्यक्तित्व, सिर्जनशीलता, प्रस्तुति र स्टेज आत्मविश्वासलाई समेत शोमा प्रथामिकता दिइएको छ ।

‘डान्स, ड्रीम, शाइन’ भन्ने नारासहित निर्माण गरिएको ‘लिटल डान्सिङ च्याम्प’को पहिलो र दोस्रो एपिसोड ‘द च्याम्पियन्स राउन्ड’मा केन्द्रित हुनेछ ।  जुन शो आइतबार पनि प्रसारणमा आउनेछ । पहिलो चरणमा ५० जना बाल नृत्य प्रतिभाले एउटै मञ्चमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन् । जसको मुल्याङकन केशव थापा, बबिता पोखरेल र सरोज प्रजा निर्णायकको रुपमा रहेका छन् ।

त्रिदेवी श्रेष्ठ र रोजिन शाक्यले होष्ट गर्ने शोका नेपालमा देखिँदै आएका डान्स रियालिटी शोको ढाँचाभन्दा छिटो बनाइएको कारण यसलाई एक्सप्रेस शो भनिएको हो । एक्स–प्रेस फम्र्याटमा अगाडि बढ्ने शोमा प्रतियोगितालाई केवल नृत्य प्रस्तुतिमा सीमित नराखी विभिन्न चरण, चुनौती, मूल्यांकन र दर्शक सहभागितामार्फत बाल प्रतिभालाई अगाडि बढाउने अवधारणा राखिएको छ ।

ह्वाइट फेदर्स इन्टरटेन्मेन्टको आयोजना र जिनो टेक इन्टरनेशनलको व्यवस्थापनमा निर्माण भएको शो जिनो स्टुडियोज, पेप्सीकोला स्टुडियो पार्टनर तथा जिनो पेय भोटिङ पार्टनरका रुपमा रहेका छन् । कार्यक्रमको निर्माता त्रिदेवी श्रेष्ठ हुन् भने निर्देशन शानु खान रहेका छन् ।

सहायक निर्देशकमा प्रमित बख्रेल, यवस्थापनतर्फ स्वीकृति ढकाल, मनिषा बीके, सनिल महर्जन, आर्शु महर्जन, विनोद पोखरेल र सुन्दर हाकाजु रहेका छन् । शोका विजेताले नगद तीन लाखको अलवा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रममा सहभागीको अवसर प्राप्त गर्न सक्ने निर्देशन सानु खानले बताए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech