सिसनपछि सम्भवसँग प्रेममा छन् शृङ्खला ?

फिल्मी फण्डा ।  सन २०१८ कि मिस नेपाल शृङ्खला खतिवडा र व्यवसायी सम्भव सिरोहिया बिचको सम्बन्धको चर्चा चल्न थालेको छ । केही अगाडिसम्म शृङ्खला भ्लगर सिसन बानियासँग प्रेममा रहेको हल्ला चलेको थियो ।

तर, उनिहरुले आफुहरु प्रेममा रहेको कुरा पुर्ण रुपना नस्विकार्दा नै शृङ्खला पढ्नका लागि अमेरिका हानिईन् । त्यसको, केही समयपछि उनिहरुले एक अर्कालाई अनफलो गरे ।

srinkhala-sambhab.jpg

अहिले शृङ्खला र सम्भवको विवाहसम्मको चर्चा चलेको छ ।  सम्भवले आफ्नो इन्स्टाग्राममा सेतो टिसर्ट र कालो चस्मा लगाएको तस्बिर राखेका थिए । चस्मामा फोटो खिच्ने मान्छे प्रष्ट देखिएको छैन । तर, कमेन्ट गर्नेहरुले चस्मामा देखिएको मान्छे शृंखला नै हो भनिरहेका छन् । 

शृंखलाले सम्भवलाई र सम्भवले शृंखलालाई फलो गर्दै तस्वीर साटासाट गरिरहेका छन् । शृंखलाले सम्भवको रिसेन्ट तस्विरहरुमा लभ रियाक्ट गरेकी छन् । यसको मतलब उनिहरु भर्खरै मात्र इन्स्टाग्राममा जोडिएका हुन् । उता शृंखलाकि आमा मोनु सिग्देलले आफ्नो टिकटकमा सम्भवकी आमा स्वस्तिका सिरोहिया र  शृंखला संग खिचेको तस्बिरलाई पोष्ट गरेकी छिन् । 

पारीवारिक भेटघाटबाटै दुबैको सम्बध वारे थप प्रस्ट्याउने आधार देखिन्छ । त्यस बाहेक सिसन र शृंखलाले एक अर्कालाई अनफलो गर्नु, सम्भवको रिसेन्ट तस्बिरमा मात्र शृंखलाको लभ रियाकट देखिनु, सम्भवको आमासंग शृंखला र उनकी आमाको तस्बिर आउनु जस्ता कारणले शृंखला र सम्भव प्रेममा छन् भनेर अनुमान गर्न सकिन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech