कलेज–कलेज पुग्दै ‘हली’की नायिका

फिल्मी फण्डा । आगामी साउन २२ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को निर्माण टिम यतिबेला प्रचारप्रसारमा सक्रिय छ। असार १५ गतेदेखि सुरु गरिएको प्रचार अभियानअन्तर्गत कलाकार तथा निर्माण टिम काठमाडौंका विभिन्न विद्यालय र कलेजमा पुगेर दर्शकसँग प्रत्यक्ष संवाद गरिरहेका छन्।

IMG_0197.JPG

प्रचार अभियानमा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजाता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र जस्मिन श्रेष्ठ सहभागी छन्। किसानको जीवन र सामाजिक परिवर्तनको विषयवस्तुमा आधारित फिल्म भएकाले निर्माण टिमले लक्षित दर्शकमाझ पुग्ने रणनीति अपनाएको जनाएको छ।

IMG_0199.JPG

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा बनेको ‘हली’ ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार भएको हो। व्यवसायी पूजा गुरुङ र जस्मिन श्रेष्ठ निर्माताका रूपमा रहेका फिल्मले देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश बोकेको छ।

halli.JPG

फिल्ममा प्रमोद दीप, सुजाता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीकको अभिनय रहेको छ। विशेष गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको समेत विशेष उपस्थिति छ।

IMG_0138 - Copy.JPG

कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेको फिल्ममा राहुल राईको छायाङ्कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन छ। शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत रहेको फिल्मका गीतमा निर्मात्री जस्मिन श्रेष्ठको पनि शब्द रचना रहेको छ। बाबुल गिरी र शान्तिश्री परियारले गीतमा स्वर दिएका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ।

IMG_0083 - Copy.JPG

फिल्मलाई नेसनल सिने ग्रुप प्रालिले वितरण गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

IMG_0054 - Copy.JPG

IMG_0078 - Copy.JPG

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech