प्रियंका कार्की र धिरेन शाक्यद्वारा १६टी रेस्ट्रो एण्ड बार उद्घाटन

फिल्मी फण्डा । नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार प्रियंका कार्की र धिरेन शाक्यले लाजिम्पाट–उत्तरढोकास्थित १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा उनीहरूले रिबन काटेर रेस्ट्रोको औपचारिक शुभारम्भ गर्दै सफलताको शुभकामना व्यक्त गरे। कार्यक्रममा मिसेस नेपाल वर्ल्ड २०२५ रक्षा पन्तको पनि सहभागिता रहेको थियो।

करिब साढे दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको रेस्ट्रोका सञ्चालक राजाराम शर्माले नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय स्वादका परिकारहरू उपलब्ध गराइने जानकारी दिए। आधुनिक सजावट, पारिवारिक वातावरण र गुणस्तरीय सेवामार्फत ग्राहकलाई फरक अनुभव दिने लक्ष्य रहेको उनले बताए।

उद्घाटनका अवसरमा कलाकारहरूले नेपाली उद्यमशीलताको प्रशंसा गर्दै व्यवसायको सफलताको कामना गरेका थिए।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech