फिल्मी फण्डा । एफएलएफ अवार्ड २०८३ अमेरिकाको न्युयोर्कमा आयोजना हुने भएको छ। अवार्डको तयारीका लागि आयोजक प्रमुख दिनेश लिङ्देन अमेरिका पुगेका छन्।
न्युयोर्कस्थित किरात चोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी अगष्टमा अवार्ड आयोजना गरिने जानकारी दिइएको हो। कार्यक्रममा प्रमुख सल्लाहकार तथा नेपाल सरकारका पूर्व सद्भावना पर्यटन दूत केशव राम राई, नेपाल अमेरिका कलाकार संघकी अध्यक्ष बसन्ती राई, निर्देशक किशोर सुब्बा तथा विश्व कीर्तिमानी पार्कर दिनेश सुनारलगायतको उपस्थिति थियो।
उपस्थित व्यक्तित्वहरूले एफएलएफ अवार्डलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न व्यक्तिगत तथा संस्थागत रूपमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।