लिटिल कोशीको उपाधि दौडमा ५८ प्रतिस्पर्धी

फिल्मी फण्डा  । आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी अडिसन सम्पन्न भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको अडिसनबाट ५ वर्षदेखि १५ वर्ष उमेर समूहका ५८ जना बालबालिका फाइनल चरणका लागि छनोट भएका छन्।

इटहरी, इनरुवा, झुम्का, खनार, पकली, तरहरा तथा आसपासका क्षेत्रबाट सहभागी बालबालिकाले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। छनोट भएका प्रतिस्पर्धीहरूले आगामी असारको पहिलो साता हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।

आयोजक संस्थाका अध्यक्ष जय राज रायले प्रतियोगिता बालबालिकाको अध्ययनमा असर नपर्ने गरी सञ्चालन गरिने बताउँदै उनीहरूमा रहेको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए।

प्रतियोगिताले बालबालिकाको आत्मविश्वास, व्यक्तित्व विकास तथा सिर्जनात्मक क्षमताको अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास आयोजकको रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech