‘वर्ल्ड अफ डान्स नेपाल’का विजेता घोषित

फिल्मी फण्डा । ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले भारतीय कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थितिमा सम्पन्न भएको छ। प्रतियोगिताका विभिन्न चार डिभिजनका विजेताहरू घोषित भएका छन्।

विजेताहरूले जनही १ लाख रुपैयाँ नगद तथा २४ क्यारेट सुनको जलप लगाइएको ट्रफी प्राप्त गरेका छन्। साथै, अपर र जुनियर टिम डिभिजनका फाइनलिस्ट टोलीहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।

कार्यक्रममा टेरेन्स लुइससहित नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिताले नेपाली नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech