चीनमा सम्पन्न ‘एभरेष्ट फिल्म फेस्टिभल’बारे काठमाडौंमा जानकारी

फिल्मी फण्डा । चीनको हुनान प्रान्तमा सम्पन्न २०२६ नेपाल ‘एभरेष्ट फिल्म फेस्टिभल’बारे काठमाडौंमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण पहल गरेको आयोजकले जनाएको हो ।

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सवको अवसरमा अप्रिल १४ देखि १९ सम्म छाङ्शा र हेङयाङमा सम्पन्न महोत्सवमा ‘कबड्डी ४’, ‘छक्का पञ्जा ५’, ‘महाजात्रा’, ‘अञ्जिला’, ‘तेल–भिसा’ र ‘होस्टेल ३’ प्रदर्शन गरिएको थियो ।

महोत्सवका अध्यक्ष करुण थापाले नेपाली चलचित्रलाई चिनियाँ बजारमा पुर्‍याउने, सहकार्य र सह–निर्माणको सम्भावना विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले यस्ता महोत्सवले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार तथा विभिन्न चलचित्र संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech