‘हात्तीछाप’मा 'बोतल राजा'को रुपमा देखिए सौगात, प्रदर्शन मिति घोषणा

फिल्मी फण्डा । दयाहाङ राई र सौगात मल्लको अभिनय रहको फिल्म 'हात्तीछाप'मा अभिनेता सौगात बोतल राजाको रुपमा देखिएका छन् । फिल्मको एक पोष्टर सार्वजनिक गर्दै सौगातलाई बोतल राजाको रुपमा देखाइएको हो ।

पोष्टरमा सौगातलाई मात्र देखाइएको छ । पोष्टर सार्वजनिकसँग फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । फिल्म हात्तीछाप आगामी माघ २६ बाट देशभर प्रदर्शन हुने बताइएको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्म ‘हात्तीछाप’ लाई सिमोस सुनुवारको निर्देशन गरेका हुन् । 

प्रदीप भारद्धाजको लेखनमा तयार भएको यो फिल्ममा सौगात र दयाहाङको साथमा उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, बुद्दि तामाङ, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ । 

फिल्ममा सुशन प्रजापतिको छायांकन छ । काठमाडौं र पोखरामा खिचिएको फिल्मले सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरेको निर्माण पक्षले दावी गरेको छ । फिल्ममा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी छ । 'हात्तीछाप'मा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech