‘कुटुमा कुटु’ गीतमा जब विराट कोहलीले डान्स गरे

फिल्मी फण्डा। यो पटक नेपाली क्रिकेट टिम ३ विषयले चर्चामा रह्यो । पहिलो नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरे । दोश्रो नेपाली तीन खेलाडीलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडल उपहारसहित सम्मान गरे । तेश्रो विराट कोहलीले नेपाली गीत 'कुटुमा कुटु'मा डान्स गरे ।

यी तीन विषयले नेपाली टिम चर्चामा रहेका हुन् । नेपालबाट भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका आशिफ, सोमपाल र दिपेन्द्रलाई भारतीय खेलाडी र प्रशिक्षकले मेडलसहित सम्मान गरेका थिए । यस्तै खेल भइरहेको अवस्थामा ग्राउण्डमा फिल्म 'दुई रुँपिया'को कुटुमा कुटु गीत बजाईएको थियो । खेलको बीचमा भारतीय क्रिकेटर विराटले सो गीतमा डान्स गरेका थिए ।

विराटको डान्सपछि भारतीय मिडियाहरुले विराटको प्रशंसा गर्दै नेपाली गीतमा डान्स गरेको विषयलाई प्रथामिकता दिएर समाचार बनाइएको छ । सोही विषयले अहिले नेपाली टिमको चर्चा भईरहेको छ भने भारतीय खेलाडी विराटको पनि निकै प्रशंसा भईरहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech