काठमाडौं । माल्भिका सुब्बाले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘जीवनसाथी’को छैटौं सिजनको प्रसारण आजबाट सुरु हुने भएको छ ।
माल्भिका सुब्बाले (आज)मंगलबारबाट टिभी शो ‘जीवनसाथी’को छैटौं सिजनको प्रसारण सुरु हुन लागेको फिल्मी फण्डालाई जानकारी दिएकी छिन् । नयाँ सिजन कूल ५२ एपिसोडको हुने उनको भनाई छ । नयाँ जोडी र कथावस्तुसहित नयाँ सिजन ल्याउन लागेको माल्भिकाले फिल्मी फण्डालाई बताईन ।
छैटौं सिजन हरेक मंगलबार बेलुका ८ बजे हिमालयन टेलिभिजनबाट प्रसारण हुने छ । उनी यो सिजनमा चर्चित र उदाहरणीय जोडीलाई प्राथमिकतामा राखेको बताउँछिन् । २२ वर्षदेखि आफूले टेलिभिजन कार्यक्रम चलाउँदै आएको र ‘जीवनसाथी’ को छैटौं सिजन त्यसैको निरन्तरता भएको उनको भनाई छ । उनले टिभी शो ‘जीवनसाथी’को छैटौं सिजनको पहिलो गेस्टको रुपमा गायिका इन्दिरा जोशी र फेसन डिजाइनर सरद केडाई ल्याएकी छिन् ।