फिल्म अघि टिजर छायांकनमा ब्यस्त अनमोल केसी

फिल्मी फण्डा । निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म 'फर्कि फर्कि'को टिजरको छायांकन गरिएको छ । फिल्म छायांकनको तयारी चलिरहँदा फिल्मको प्रमोशनको लागि टिजरको पहिले छायांकन गरिएको हो । फिल्म घोषणा कार्यक्रमका लागि टिजरको तयारी गर्न लागेको निर्माता रोहित अधिकारीले बताए ।  

  

IMG_1268.jpeg

टिजरको पहिले छायांकन नेपाली फिल्म क्षेत्रमा नयाँ र नौलो भने हैन । तर पछील्लो समय टिजर र ट्रेलरको छायांकन खासै हुने गरेको छैन । फिल्म 'फर्कि फर्कि'ले भनेपछी  अनमोल केसीलाई लिएर टिजरको छायांकन गरेको हो ।  

काठमाडौंमा शनिबार राती फिल्मको टिजर खिचिएको रोहित अधिकारी फिल्मस्का निर्माता रोहित अधिकारीले बताए । यसै बर्ष रिलिजको तयारी गरेर प्रोमोशन र बितरणका कार्यक्रमहरु अगाडी बढाउदै गर्न टिजर तयार गर्न लागेको हो । 

लभस्टोरी फिल्मको टिजर केही दिनमै सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् ।फिल्ममा अनमोल केसीसंगै मुख्य भूमिकामा नायिका जसिता गुरुङ रहनेछन् । 

टिजरमा भने जसिता समाबेश हुने छैन । 'फर्कि फर्कि', 'बरिस्ठ बलराम' र दिपक-दीपासँगको सहकार्यमा एक फिल्म गरी यो बर्ष रोहित अधिकारीले तीन फिल्म निर्माण गर्ने भएका छन् ।  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech