फिल्मी फण्डा । नायिका निरुता सिंहले लगनगाँठो कसेकी छन् । उनले तीन दिन अगाडी मुम्बईमा लगनगाँठो कसेकी हुन् । लामो समयदेखि बिवाह नगरेकोभन्दै उनीमाथी कटाक्ष हुँदै आएको थियो । अब भने यो प्रसंगको अन्त्य गर्दै उनले बिहीवार मुम्बई निवासी संजीभ गुलाटीसँग बिवाह गरेका हुन् ।
सामाजिक संजालमा स्टाटस राख्दै निरुताले मिडियाले बिहे कहिले गर्ने भनेर सोध्ने गरेको प्रश्नको जवाफ आज दिएको भन्दै बताएकी छन् । निरुता सिंहले ५० बर्षको उमेरमा बिवाह गरेकी हुन् ।
''मलाई माया गर्नु हुने मेरो सम्पूर्ण घर–परिवार, आफ़न्त तथा छर–छिमेकहरु, मेरा चलचित्र कर्मी साथी–भाई अनि अग्रज व्यक्तित्वहरु, बिभिन्न माध्यमका संचारकर्मीहरु लगायत मलाई माया गरेर मेरो चरलचित्र हेरेर मेरो चलचित्रलाई सफल बनाईं मलाई निरुता सिंह बनाईदिनु हुने मेरा सम्पूर्ण माननीय, पूजनीय अनि ढोगनीय दर्शकमहानुभावहरु को यतीका वर्ष देखीको एक मात्र प्रश्न , जसको बिना मेरो कुनै पनि अन्तरवार्ता पूर्ण हुदैन थियो ।त्यो हो निरुता जी बिहें कहिले गर्ने ? भन्ने प्रश्न आज त्यसै प्रश्न को जवाब दिन गई रहेको छु । तपाईहरुको निरुता सिंहले गत बिहिबार ३१ अगस्ट, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसंग लगन गाठो जोड़ेको छ । हजुरहरु सम्पूर्ण को माया अनि आशीर्वाद को अपेक्षा गरेको छु । चाडै सबैलाई भेट गर्न अनि आशीर्वाद लिन नेपाल आउने छु । धेरै धेरै माया''