मानव तस्करीमा कलाकर्मी, महिनै पिच्छे क्यानडा र अन्य देशमा अवार्ड

स्टार म्युजिक भिडियो अवार्डमा गएका क्यानडामा अलपत्र

फिल्मी फण्डा । म्युजिक अवार्डको नाममा बर्षेनी १०० बढि नेपालीहरु विदेशमा अलपत्र पर्ने गरेका छन् । नाम चलेका केही र नाम नचलेका केही कलाकारको बीचमा सर्व साधारणलाई राखेर म्युजिक अवार्डको नाममा विदेशमा सहभागी गराउने र कार्यक्रम पश्चात उतै छाडेर आउने गरेको तथ्यहरु निरन्तर सार्वजनिक भई नै रहेका छन् । 

केही महिना अघि क्यानडामा ग्रेट नटराज फिल्मस् र ह्यापी पाठक ईन्टरटेन्मेन्टको स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न भएको थियो । ४३ जनाको भिषा अप्लाई गर्दा ३८ जनाको भिषा लाग्यो । नेपालबाट आयोजक भनिएका कै भिषा लागेन । त्यसपछि ३८ जनाको टोली क्यानडा पुगे । अवार्डको नाममा एउटा ब्यानर भित्तामा झुण्डाएर फटाफट अवार्ड भन्दै केहीलाई सर्टिाफिकेट र ट्रफी बाँडेका थिए । स्रोतका अनुसार कार्यक्रम सकेर ७ जना नेपाल फर्के भने ३१ जना क्यानडा मै रहे । 

canada award.png

क्यानडामा रहेका मध्ये एक जना फिल्मी फण्डाको क्यानडामा रहेका स्रोतकहाँ काम खोजिदन भन्दै पुगेका थिए । क्यानडामा रोकेकाहरुले अझै पनि काम नपाएको र अलपत्र परिरहेको बुmिभएको छ । त्यसपछि यसको राज खुलेको हो । स्रोतका अनुसार केही अनुहार चिनिएका कलाकारसँग केहीलाई एसिसटेन्ट, केहलिाई म्यानेजर र केहीलाई आयोजक टिम बनाएर क्यानडा पुराएका थिए ।

कार्यक्रममा क्यानडा पुग्नु नराम्रो हैन । तर नियत नै राखेर मोटो रकम असुलेर क्यानडा मै छोड्नु गलत परम्परा हो । यसले नेपाली चलचित्र क्षेत्र र संगीत क्षेत्रको धज्जी उडाउँछ । नेपाली चलचित्र र संगीत क्षेत्रको प्रवद्र्धन हुनु पर्नेमा यस्तो कार्यक्रमले उल्टो नकरात्मक प्रभाव पार्छ । फिल्मी फण्डालाई प्राप्त स्रोतको जानकारीमा कार्यक्रममा उपस्थित एक कलाकारले भने असहमति जनाउँदै केही कुरा स्विकारे ।

कलाकार रोहित रुम्बाले ३८ जनाको भिषा लागेपनि ३३ जना मात्रै क्यानडा पुगेको र ९ जना मात्रै क्यानडामा रोकेको स्विकारे । नेपालबाट कार्यक्रमको सम्पूर्ण व्यवस्थापन कलाकार रोशन श्रेष्ठले गरेको स्रोतले दावी गरेको छ । उनी स्वंयम क्यानडा पुगेर अवार्डबाट सम्मानित भएका थिए । तर रोशन श्रेष्ठले भने आफु उपस्थित मात्रै भएको दावी गरेका छन् । आयोजकको भिषा नलागेपछि आफु क्यानडाको टिमसँगै क्यानडा पुगेको उनले बताए ।

क्यानडामा भने हरि शिवाकोटी र ईश्वर थापा लगायतका व्यक्तिहरुको नाम अग्रभागमा आएका छन् । तर क्यानडामा कुन संस्थाले व्यवस्थापन गरेको त्यो भने खुलाइएको छैन । 

पछिल्लो समय नेपालीलाई कार्यक्रमको माध्यमबाट विदेश पुराउने गन्तव्य बनेको छ क्यानडा । पछिल्लो एक बर्षमा क्यानडामा नेपाली तीन म्युजिक भिडियो अवार्ड, नेपाली नै एक फिल्म अवार्ड र संगीत साँझको नाममा तीन बढि कार्यक्रम भएको छ । 

आगामी सेप्टेम्बरमा एक म्युजिक भिडियो अवार्ड हुदैछ । लगतै एक फिल्म अवार्ड हुँदैछ । सेप्टेम्बर मै एक साँगीतिक साँझ हुँदैछ । यी सबैमा १२० बढि कलाकार र नेपाली क्यानडा पुग्दैछन् । जेनियस म्युजिक भिडियो अवार्ड सेप्टेम्बरमा क्यानडामा हुँदैछ । यसको लागि ६० जना भन्दा बढिको भिषा अप्लाई गरिएको छ । जिनियस डिजिटल म्युजिक प्रा.लि.ले यो अवार्ड गर्दैछ । म्युजिक भिडियो अवार्ड कै लागि ६० जना बढिको भिषा अप्लाई गर्नु आफैमा शंकास्पद विषय हो । प्राय भिषा अप्लाई गरिएकाहरु मध्ये एक दर्जनको अनुहार चिन्न पनि मुश्किल पर्छ ।  

आगामी अक्टोबर लक्षित गरेर गोल्डेन हर्स ईन्टरटेशनल अवार्ड घोषणा गरिएको छ । त्यसको लागि पनि ६० बढिको भिषा अप्लाई गर्ने काम भईरहेको छ । गोल्डेन हर्स फिल्मस्ले यो अवार्डको दोश्रो संस्करण क्यानडामा गर्न लागेको हो । केही महिना अघि मात्रै यसको पहिलो संस्करण काठमाडौंमा आयोजना गरेको थियो । जसमा आयोजकले ५५ जना बढिलाई सम्मान मात्रै गरेको थियो । 

golden horse.JPG

क्यानडामा आयोजना हुने अवार्डका लागि समेत आयोजकले बार्गेनिङ गरेको तथ्यहरु रहेको भन्दै फिल्मी फण्डालाई जानकारी प्राप्त हुन थालेको छ । तर आयोजकले भने सो बिषयमा गलत दावी गर्दै निष्पक्ष रुपमा कार्यक्रम गर्न लागिएकोले अनुहार चिनिएकालाई मात्रै क्यानडा लान लागेको बताएका छन् । 

यस्तै सेप्टेम्बरकै बिचमा क्यानडामा एउटा म्युजिकल ईभेन्ट आयोजना गरिने भएको छ । जसमा कालिप्रसाद बाँस्कोटासहितका अन्य दुई कलाकारको प्रस्तुती रहने बताइएको छ । यो कार्यक्रमलाई क्यानडामा आँगन ईभेन्टले आयोजना गर्दैछ । यी बाहेक क्यानडा अर्को भिडियो अवार्ड र कृषि अवार्डको पनि आयोजना हुने लागेको खबर छ ।

नेपाली गीत संगीत र चलचित्रको प्रवर्द्धन विदेशी भूमिमा हुनु अर्थात विभन्न देशमा कार्यक्रम हुनु सुखद् पक्ष हो । तर जुन किसिमले क्यानडामा कार्यक्रमहरु भईरहेका छन् । यस्तो कार्यक्रमले नेपाली चलचित्र र सांगीतिक क्षेत्रको थप बदनाम गराउने बाहेक केही गर्दैन । अवार्डको नाममा एउटा ब्यानरमा फोटो खिच्ने र लाखौं रुपैया लिएकाहरुलाई विदेशमै छोड्ने हर्कतले नेपाली गीत संगीत र चलचित्रको प्रवर्द्धन हुन सक्दैन । यस वारे फिल्मी फण्डा निरन्तर फलोअपमा रहने छौं ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech