निर्मला घिमिरे निरूको नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज

फिल्मी फण्डा। निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको हो सार्वजनिक गीतमा डाक्टर किराँतले संगीत दिएका छन।

यस्तै यो गीतलाई शुभ मुकारूङले लेखेका हुन् ।सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ ।

गीतमा सागर संसारले संगीत संयोजन,  मिक्सिङ तथा मास्टरिङ गरेको छन ।त्यसैगरी गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो । 

भिडियोमा निर्देशक निरौलाले अभिनेत्री झरना रिसाल तथा मोडल रमेश चन्दलाई जोडी बाँध्दै जीवनमा महिला पुरुषले एकअर्काको साथमा साथ दिदैं जीवनमा अघि बढ्नुपर्ने र यसले नै जीवनलाई सुखमय बनाउने भाव गीतको भिडियोमा प्रस्तुत गरेका छन् ।

गीतमा नेपाली सिनेमाका चर्चित सिनेम्याटोग्राफर शिव ढकालको छायाँकन रहेको छ भने गरेको भिडियोलाई राम प्रदास चौधरीले संपादन गरेका छन् । रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोका कार्यकारी निर्माता रुमेश कटवाल रहेका छन् । रमेश एमके पौडेलको प्रस्तुति रहेको गीतलाई बोधी एचडीको यूट्यू च्यानल मार्फत प्रजातन्त्र दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech