फिल्मी फण्डा । गायक तथा अभिनेता प्रकाश सपुतको फिल्म ‘वसन्त’को छायांकन सकिएको छ । बुधबार ३८ औं दिनमा सपुतको निर्देशनमा डेव्यु फिल्मको छायाँकन सकिएको हो ।
फिल्ममा प्रकाश सपुतसहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, खड्क बहादुर पुन (खबपु), शिवांशी श्री, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय गरेका छन् ।
आगामी चैत्र २२ गते चैते दसैँको अवसर पारेर प्रदर्शनमा आउने फिल्म गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न स्थानमा खिचिएको हो । सोसल ड्रामाको फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् ।