एउटै फेसन शोमा प्रदीप, आँचलदेखि साम्राज्ञी, मिरुना, शिल्पासम्म देखिने

फिल्मी फण्डा।  एउटै र्‍याम्पमा प्रदीप खड्का,आँचल शर्मा, साम्राज्ञी शाह, मिरुना मगर, शिल्पा मास्के, सोफिया भुजेल, निमेश कपालीलगायतका सेलेब्रिटी हिँड्ने भएका छन् । शनिबार याक एण्ड यतिमा आयोजना हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल २०२४’ फेसन शोमा यी कलाकारलाई शो स्टपरको रुपमा हेर्न पाइने भएको हो ।

हेल्दी च्वाइसद्धारा प्रस्तुत हुने ‘ग्ल्याम नेपाल इन्टरनेसनल’ फेसन शोको पावर बाई ‘ले ग्ल्यामर’ र डिभन वाई ‘दीपल’ छन् । शोमा पुरुष र महिलासहितका ३० मोडलले आकर्षक पहिरन र्‍याम्पमा प्रस्तुत गर्नेछन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech