फिल्मी फण्डा । फिल्म ‘ह्रस्व दीर्घ’को हिन्दी संस्करणको स्याटेलाइट र ओटीटी अधिकार भारतको जी नेटवर्कले किनेको छ । यतिबेला भारतमा रहेका हरिहर र निर्मात्री ढुंगानाले जि मिडियासँग बुधबार राइट विक्रीबारे सम्झौता गरेको जनाइएको छ ।
जी–नेटवर्कअन्तर्गत रहेको ‘जी फाइभ’ भारतको लोकप्रिय ओटीटी प्लाटफर्ममध्ये पर्छ । नेपाली र दक्षिण भारतीय बाहेकका भाषाको राइट जि मिडियाले महंगो मूल्यमा किनेको विवरणहरूमा जनाइएको छ । चन्द्र पन्त निर्देशित फिल्ममा नाम चलेका भारतीय कलाकारले समेत अभिनय गरेका छन् ।
‘गजनी’ फेम्ड अभिनेता प्रदीप रावत, ब्रम्हानन्दम, अलि लगायतको यसमा अभिनय छ । छिमेकी मुलुकमा नेपाली फिल्मको बजार खोजीका लागि जि मिडियासँगको सम्झौता महत्वपूर्ण उपलब्धि रहेको ठानिएको छ ।