फिल्मी फण्डा । निर्माता रोज राणाले फिल्म ‘खलनायक २’ बनाउने भएका छन् । उनले, फिल्मको निर्देशनमा चन्द्र पन्तलाई अनुबन्धित गरेका छन् । फिल्मको गीत दयाराम पाण्डेले लेख्नेछन् भने मौनता श्रेष्ठले फिल्मको कथा लेखिरहेका छन् ।
फिल्मी फण्डाले जानकारी पाए अनुसार, माघबाट फिल्मको छायांकन गर्ने तयारी छ । फिल्ममा नयाँ र पुराना पुस्ताका कलाकारहरूलाई लिने तयारी गरिएको छ ।
फिल्म ‘खलनायक’मा राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, झरना थापा लगायतका कलाकारहरुको अभिनय थियो । यसपटक, ‘खलनायक २’मा पनि नाम चलेका कलाकारहरूलाई लिएर काम गर्ने तयारी निर्माताको छ ।
रोज राणा नेपाली फिल्मका सर्वाधिक नाम चलेका निर्माता हुन् । उनी फिल्मसँगै राजनीति पनि गर्दै आएका छन् ।