ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ चैतमा रिलिज हुने

फिल्मी फण्डा। चलचित्र सेन्सर बोर्ड सदस्य समेत रहेका ऋषिराज आचार्य निर्देशित फिल्म ‘द्रौपदी’ आगामी ८ चैतबाट देशब्यापी रिलिज हुने भएको छ । निर्माता समेत रहेका आचार्यले फिल्म चैतमा प्रदर्शन हुन लागेको जानकरी दिए । 

अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि सामाजिक कथामा निर्माण भएको फिल्ममा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।

आरबी मूभिजको ब्यानरमा निर्मित फिल्ममा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको फिल्ममा विष्णु ठडराई र ऋतु आचार्य सहनिर्माता छन् । पटकथा, संवाद र गीत निर्देशन आचार्यकै छ । आचार्यले यसअघि मिस्टेक, सपना तिम्रो मेरो, सुन्तलीलाई भगाइ लग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी निर्देशन गरेका छन् ।

कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको फिल्मको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारे खुलाइएको छैन । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech