फिल्मी फण्डा । अल्लु अर्जुनको बहुप्रतिक्षित फिल्म पुष्पा–२ ले ३ दिनमा ६०० करोड कमाएको छ । सुकुमारको निर्देशनमा बनेको ‘पुष्पा–२ः द रुल’ ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको ‘पुष्पा–२’ लाई विश्वभरका दर्शकले मन पराइरहेका छन् ।
फिल्मले रेकर्ड तोड ओपनिङ गरेको थियो । तर दोस्रो दिन फिल्मको कमाई अलि फिक्का भयो । तर, तेस्रो दिनमा फिल्मले नयाँ रेकर्ड बनाएको छ । निर्माताहरूका अनुसार ‘पुष्पा २’ ले ३ दिनमा विश्वभरमा ५ सय करोडभन्दा बढीको कलेक्सन गरेको छ । भारतीय सिनेमाको इतिहासमा यो सबैभन्दा छिटो ६०० करोड कमाउने यो पहिलो फिल्म बनेको छ ।
‘पुष्पा २ः द रुल’ को निर्माण कम्पनी मिइथरी मुभी मेकर्सले आफ्नो सामाजिक सञ्जालमा फिल्मको पोस्टर शेयर गर्दै ‘पुष्पा २’ ले विश्वभर ५ सय करोडभन्दा बढी कमाएको जानकारी दिएको छ । पुष्पाको ‘वाइल्ड फायर’ दुनियाँभरमा देखिएको छ ।
फिल्मले भातरमा ३ दिनमा ३८३ करोड ७० लाख भारु कमाएको छ । स्याकनिल्कको रिपोर्टअनुसार पुष्पा २ ले शनिबार भारतमा सबै भाषाबाट ११५ करोड रुपैयाँ सङ्कलन गरेको छ । तेलुगुमा फिल्मले साढे ३१ करोड भारु कमाएको थियो भने हिन्दी संस्करणमा फिल्मको माई साढे ७३ करोड करोड भारु थियो । फिल्मले तमिल, कन्नड र मलयालम संस्करणबाट क्रमशः साढे ७ करोड, ८० लाख र १ करोड ७० लाख भारु मात्रै कमाएको छ ।