प्रचण्डको नातिनी स्मिता दाहालले कसिन् लगनगाँठो 

फिल्मी फण्डा । गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् । शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।

अहिले विवाह समारोह भइरहेको छ । समारोहमा प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायत उपस्थित छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech