युट्युबमा नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ रिलिज

फिल्मी फण्डा। पूर्वमिस नेपाल इन्टरनेसनल समेत रहेकी अभिनेत्री नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ युट्युबमा रिलिज भएको छ । ओएसआर डिजिटल च्यानलले शुक्रबार फिल्म सार्वजनिक गरेको हो ।

सुरज सुनुवार निर्देशित फिल्म गत वैशाख २८ मा हलमा रिलिज भएको थियो । फिल्म बक्स अफिसमा भने चलेन । फिल्ममा नीतिले धरानकी एक युवतीको भूमिका निर्वाह गरेकी छन् ।

फिल्मले मित्रता र पैसाले श्रीमान–श्रीमतीको सम्बन्धमा ल्याउने उतारचढावको कथा भन्छ । धरानका वास्तविक पात्र खजुरे ब्रोको जीवनबाट प्रभावित रहेर बनेको यो फिल्ममा नीतिका साथै महेश त्रिपाठी र रिअर राईको मुख्य भूमिका छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech