भारतमा ‘पुष्पा २’ को अग्रिम टिकट बिक्री आक्रामक 

फिल्मी फण्डा । आउँदो बिहीबारदेखि ‘पुष्पा २’ विश्वव्यापी प्रदर्शन तयारीमा छ । भारतसहित कतिपय देशका हलले अग्रिम टिकट बिक्री थालेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले त्यहाँ अग्रिम टिकट बिक्रीबाट २४ घण्टामै ७.८ करोड भारु कमाएको छ ।

फिल्मलाई लिएर दर्शकमा जुन क्रेज देखिन्छ, त्यो अग्रिम बुकिङमा प्रष्ट देखिन्छ । हिन्दी लगायतका अन्य भाषामा पनि बुकिङ सुरु भएको छ । अग्रिम टिकट बिक्रीको केही घण्टामै भारतमा ५५ हजारभन्दा धेरै टिकट बिक्री भएको थियो ।

स्याकनिल्कका अनुसार, भारतभर फिल्मका ८ करोड ८१ लाख टिकट बिक्री भइसकेको छ । यसअनुसार, ‘पुष्पा २’ ले पहिलो दिनको अग्रिम बुकिङबाट ८.८ करोड भारु कमाएको छ । जबकि फिल्म रिलिज हुन अझै चार दिन बाँकी छ । अग्रिम बुकिङ र कलेक्सनका हिसाबले यसले ‘बाहुबली २’ र केजीएफ २’ को रेकर्ड तोड्न सक्ने अनुमान छ । ‘बाहुबली २’ ले अग्रिम बुकिङबाट १०० करोडभन्दा बढीको ग्रस कलेक्सन गरेको थियो । ‘केजीएफ २’ ले पहिलो दिनमै ८० करोड कमाएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech