प्रवीण खतिवडा र शिशिर बाङ्देलको शीर्ष भूमिकामा ‘डोरी’ निर्माण घोषणा

फिल्मी फण्डा। चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण हुनेछ । चलचित्रमा अरुण लामाको निर्देशन छ। यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो ।

परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको सङ्घर्षशील युवाको कथामा बन्न लागेको चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ ।

‘मिस्टर एक्स’ निर्माता र राज थापा कार्यकारी निर्माता रहेको फिल्मको सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशनमा राजु तामाङ रहेका छन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा नेपाली सिनेमा घरहरूमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech